मंगलबार, पुस ८, २०८२

यी नदीमा आकस्मिक बाढीको जोखिम

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

काठमाडौं- अबका तीन दिन देशका केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ।

National life

कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ। यसैगरी इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक र लमजुङ भई बहने केही साना नदीमा आकस्मिक बाढीको सम्भावना छ। नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यस्तै, ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, गोरखा र कास्की भई बहने साना नदीहरूमा पनि बहाव बढ्ने सम्भावना छ ।

नारायणी र यसका प्रमुख सहायक नदीहरू बूढीगण्डकी, मर्स्याङदी तथा पूर्वी राप्ती, कमला, वाग्मती र यसका सहायक नदीहरूमा पनि जलसतह सामन्य बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: Jun 18, 2024| 09:14 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्