सोमबार, चैत ३०, २०८२

मनसुन कोशी प्रदेशमा सक्रिय, अन्यत्र फैलिँदै

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

काठमाडौं- एक साताअघि नेपाल भित्रिएको मनसुन पूर्वमा सक्रिय भएको छ भने अन्य प्रदेशमा फैलिने क्रममा छ। देशभर मनसुन फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

अहिले मनुसन कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ। मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षा भइरहेको छ। मोरङ र झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। पछिल्लो चार घण्टामा मोरङको लेटाङ, झापाको दमक, कन्काइ र अनारमनी बिरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

यी क्षेत्रमा थप वर्षा हुनसक्ने भएकाले स–साना खोलाहरूमा बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यी क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

मनसुनको गति सुस्त भएकाले काठमाडौं आइपुग्न अझै केही दिन लाग्ने मौसमविद्को भनाइ छ। अघिल्लो वर्षको मनसुन देशभर फैलिन करिब तीन हप्ता लागेको थियो। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले नयाँ प्रणालीको विकास भए पनि वर्षा प्रभावकारी हुन सकेको छैन। 

गण्डकीको पोखरा आसपास र सुदूरपश्चिमको दार्चुलामा मात्रै हल्का वर्षा भइरहेको छ। मधेस र बागमती प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा मात्रै हल्का वर्षा भएको छ। 

kumari

प्रकाशित: Jun 18, 2024| 07:56 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्