बुधबार, असार ४, २०८२

मोरङ र झापामा भारी वर्षा

 |  मंगलबार, असार ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

vianetvianet

मोरङ र झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। पछिल्लो चार घण्टामा मोरङको लेटाङ, झापाको दमक, कन्काइ र अनारमनी बिरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

यी क्षेत्रमा थप वर्षा हुनसक्ने भएकाले स–साना खोलाहरूमा बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यी क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

यस्तै, गए रातिदेखि नै गोरखा, धादिङ, नुवाकोट, काठमाडौं, सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ। यी क्षेत्र आसपास भई बहने स-साना खोलामा समेत बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

केही दिनअघि भित्रिएको मनसुन सक्रिय हुँदा वर्षा भएको हो।

प्रकाशित: Jun 18, 2024| 07:44 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा नजन्माउन नपाएको उल्लेख गरेको देखाएको छ।...