मंगलबार, पुस ८, २०८२

बैतडीका सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही

 |  सोमबार, असार ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३, २०८१

बैतडी- बैतडीमा गत फागुनदेखि सार्वजनिकस्थलमा धूम्रपान गर्न निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला प्रहरी कार्यालय बैतडीले यो अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ। 

National life

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमविक्रम केसीले सचेतना अभिवृद्धि र कारबाही प्रक्रियालाई सँगसँगै अगाडि बढाइएको बताए। उनले गत फागुन ११ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धूम्रपान गर्ने २५ जनालाई कारबाही गरिएको जानकारी दिए। उनीहरूबाट जनही रु एक सय जरिवानासमेत गरिएको उनले बताए। 

गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालगायत सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधिसहितको बैठकले सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेअनुसार अभियान अगाडि बढाइएको थियो। शुभारम्भमा सचेतनाका लागि प्रचारप्रसार गरी फागुन ११ गतेबाट प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो। 

‘लागुऔषध नियन्त्रण तथा सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि प्रहरी कार्यालय, मातहतका प्रहरी चौकी, सञ्चार माध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ गरेर सुरुमा सचेतना अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाएका थियौँ’, प्रहरी प्रवक्ता केसीले भने, ‘सार्वजनिक स्थानमा धूम्रपान निषेधपश्चात् पनि अटेरी गर्नेलाई कारबाही गरिरहेका छौँ। यो अभियान प्रभावकारी बन्दै गएको छ।’

सुरुमा धेरैले नराम्रो माने पनि पछिल्लो समय सार्वजनिकस्थलमा खुलारूपमा गर्ने धुम्रपानले महिला, बालबालिका तथा अन्य व्यक्तिहरूमा पर्ने प्रभावका बारेमा जानकारी दिएपछि अहिले निकै सुधार भएको केसीको भनाइ छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 17, 2024| 21:16 सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्