काठमाडौं- टोखा नगरपालिका-१ झोर बस्ने ३० वर्षीय सुरज लामाले सञ्चालन गरेको सुक्रिया लामा खाजा घरमा जुवातास खेलिरहेको १३ जना पक्राउ परेका छन्।
लामासहित १३ जनाबाट नगद ७४ हजार १ सय ६० रुपैयाँ र ६ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४