मंगलबार, पुस ८, २०८२

ग्रामथान गाउँपालिकाका अध्यक्ष थारूको निधन

 |  सोमबार, असार ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३, २०८१

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएको छ। ५६ वर्षीय थारूको सोमबार दिउँसो १ बजे निधन भएको हो।

National life

गत माघ १० गते साँझ बेहोश भएर ढलेका थारूलाई उपचारपछि जेठ १ गते घर लगिएकोमा आज घरमै निधन भएको हो। 

राष्ट्रिय सभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल इस्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा उनी ढलेका थिए। उपचारमा संलग्न चिकित्सकले थारूलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: Jun 17, 2024| 19:40 सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्