बुधबार, कात्तिक ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगत बजेट आधामात्रै खर्च

Siddartha premir insuranceSiddartha premir insurance

आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगत बजेट आधामात्रै खर्च

 |  सोमबार, असार ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ३, २०८१

डुम्रे- चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधामात्रै खर्च भएको छ। आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षभरिका लागि छुट्याइएको पुँजीगत बजेट आधा खर्च भएको हो।

triton college

चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा विनियोजित बजेटको ५० दशमलव १८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। संघबाट प्राप्त तीन अर्ब ८१ करोड २४ लाख १४ हजार आठ सय २९ रूपैयाँमा ११ महिना अवधिमा ४६ दशमलव ५७ प्रतिशत खर्च भएको कोलेनिकाका कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए। 

भट्टराईका अनुसार चालुतर्फ ८२ दशमलव ३० प्रतिशत बजेट खर्च भएको छ। चालुतर्फ नौ अर्ब १६ करोड १४ लाख ६७ हजार छ सय १३ विनियोजन भएकामा सात अर्ब ५४ करोड तीन हजार चार रूपैयाँ खर्च भएको छ।

गण्डकी प्रदेश सरकारमार्फत विनियोजित विकास बजेट संघको भन्दा नौ प्रतिशत बढी खर्च भएको छ। प्रदेशको पुँजीगततर्फ ५५ दशमलव ४८ प्रतिशत बजेट खर्च भएको छ। पुँजीगततर्फ दुई अर्ब ६० करोड ३७ लाख ६ हजार विनियोजन भएकामा एक अर्ब ४४ करोड ४५ लाख ४१ हजार तीन सय १४ रूपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।

प्रदेशमा चालुतर्फ ८६ करोड ५८ लाख २९ हजार नौ सय ८० विनियोजन भएकामा ४७ करोड ५८ लाख ५४ हजार छ सय ३२ रूपैयाँ अर्थात् ५४ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको छ। योजना छनोट गरेर लागु गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, त्यसपछि बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न तीन महिना लगाउने र कामको रफ्तार नबढाउनेलगायतका कारणले विकास बजेटको खर्च न्यून देखिएको कोष नियन्त्रक भट्टराईले बताए।

Metro Mart
vianet

कार्यालयका अनुसार ११ महिनामा संघ र प्रदेशको गरी ५० दशमलव १८ प्रतिशत विकास (पुँजीगत) बजेट खर्च भएको छ।

पुँजीगत बजेट ६ अर्ब ४१  करोड ६१ लाख २० हजार आठ सय २९ मा तीन अर्ब २१ करोड ९८ लाख ७३ हजार आठ सय ६० रूपैयाँ खर्च भएको छ। त्यस्तै चालुतर्फ भने ७९ दशमलव ९४ प्रतिशत खर्च भएको छ।

चालुतर्फ दश अर्ब दुई करोड ७२ लाख ९७ हजार पाँच सय ९३ रूपैयाँ विनियोजन भएकामा आठ अर्ब एक करोड ५८ लाख ५८ हजार एक सय चार रूपैयाँ अर्थात् ७९ दशमलव ९४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Jun 17, 2024| 18:31 सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्