काठमाडौं- मेलम्ची छोडेर भाग्ने ठेकेदार कम्पनी सिएसीको दुई अर्ब धरौटी रकम जफत गरिने भएको छ। खानेपानी मन्त्री विना मगरले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको ठेकेदार कम्पनी सीएमसी भागेमा धरौटी जफत गरिने बताएकी छन्।
उनले एनआसी एसिा बैंकमा रहेको दुई अर्ब ५६ रुपैयाँ धरौटी रकम जफत गरिने बताएकी छन्। उनले सिएमसी कम्पनीका प्रतिनिधिसँग वार्ता प्रकृया अघि बढीरहेको समेत बताएकी छन्। वार्ता सफल नभएर ठेकेदार भागेमा पनि सरकारलार्इ घाटा नहुने उनको तर्क छ।
पहिलो चरणको वार्ता सकिएको र दोस्रो चरणमा वार्ता भइरहेको उनले बताइन्। सरकारले उनीहरुलाई नै निरन्तरता दिन पहल गरिरहेकोसमेत उनले बताइन्।
मेलम्चीको ९३ प्रतिशत काम भइसकेको उनले जानकारी दिइन्। टाँट पल्टेको कम्पनी भएका कारण समस्या उत्पन्न भएको उनको तर्क छ। सिएमसीले राखेका केही माग जायज भएकोले सम्बोधन गरिने तर अनावश्यक माग पुरा गर्न नसक्नेसमेत बताइन्।
उनले मेलम्चीमा हालसम्म २६ अर्ब ३५ करोड खर्च भइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४