मंगलबार, पुस ८, २०८२

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

 |  सोमबार, असार ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३, २०८१

National life
Laxmi sunrise bank
kumari

मनहरी- मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आज बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।  

चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताए। उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ। 

घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताए।

प्रकाशित: Jun 17, 2024| 16:22 सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्