सोमबार, असार ३१, २०८१

निजी पम्पमा 'पेट्रोल छैन', सरकारीमा लामो लाइन

 |  सोमबार, असार ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३, २०८१

काठमाडौं- काठमाडौं उपत्यकाका पेट्रोल पम्प बन्द गरिएका छन्। नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण पम्प बन्द भएका हुन्।

triton college

ट्यांकर चालकले थानकोट ठिपोबाट इन्धन नउठाएपछि निजी पम्पले 'पेट्रोल छैन' को सूचना राखेर बन्द गरेका छन्।

चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबार थानकोट डिपोबाट इन्धन नउठाएपछि निजी क्षेत्रको पेट्रोल पम्पमा इन्धन अभाव देखिएको हो।

आइतबार थानकोट डिपोबाट इन्धन उठाएका सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्पमा भने सवारीसाधनको लाइन लागेको छ।
। 

प्रकाशित: Jun 17, 2024| 11:46 सोमबार, असार ३, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्