मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ

 |  आइतबार, असार २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २, २०८१

काठमाडौं- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बचकर्ताको रकम अपचलन गरेको अभियोगमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तनहुँ व्यास नगरपालिका-११ का ४३ वर्षीय तेजविक्रम थापासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

National life

पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक ललितुर महानगरपालिका-१८ घर भई हाल गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४४ वर्षीया सजना राजकर्णिकार, सदस्यहरुकिर्तिपुर नगरपालिका-८ बस्ने ५३ वर्षीय भीमसेन महर्जन तथा काठमाडौँ महानगरपालिका-६ चाबहिल बस्ने ४७ वर्षीय सञ्जय सापकोटा रहेका उपत्यका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षकसानुराम भट्टराईले जानकारी दिए।

उक्त सहकारी ललितपुर महानगरपालिका-५ कुमारीपार्टीमा खोलिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अध्यक्ष थापा बिसं २०५६ सालदेखि उक्त सहकारी संस्थाको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको प्रहरीको भनाइ छ।

थापा अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यवसायिक कम्पनीमा समेत अध्यक्ष भइसकेको तथा बैंकिङ कसुरका पाँच वटा मुद्दामा समेत कसुर ठहर भई फरारको सूचीमा रहेको अनुसन्धानबाट खुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए।

उनले भने, ‘पाँच सय ६६ जना बचतकर्ताको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो, रु दुई अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा रु ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

Laxmi sunrise bank
kumari

प्रहरीले उनीहरुको साथबाट मोबाइल छ थान, पेनड्राइभ तीन थान, केही चेक तीन थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान गाडी एक, यती टेक्निकको छाप र गोर्खा टीभीको परिचयपत्रलगायतका सामान बरामद गरिएको जनाएको छ।
    
बचतकर्ताबाट आकर्षक ब्याज दिने भन्दै पैसा असुलेर नफर्काएपछि उनीहरुले दिएको उजुरीका आधारमा सहकारी विभागको पत्रको आधारमा उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाइएको छ। 

प्रकाशित: Jun 16, 2024| 21:19 आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्