सोमबार, जेठ १८, २०८३

फिल्म निर्देशक सुदर्शन थापाविरुद्ध डेढ करोडको ठगी मुद्दा

 |  आइतबार, असार २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २, २०८१

काठमाडौं- फिल्म निर्देशक सुदर्शन थापाविरुद्ध १ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगसहित आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

National life

प्रहरी वृत्त बौद्धको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको हो। अभियोगपत्रमा थापासहित ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।

उनीहरुमाथि ठगीको आरोपमा पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। आपराधिक विश्वासघातमा कारबाहीको माग राखेर मुद्दा चलाइएको हो।

निर्देशक थापासहित तीनजना मिलेर निर्मातालाई कुनै जानकारी नै नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख बराबरको हानी पु¥याएको दाबीसहित अभियोगपत्रमा सजायको माग गरिएको छ।

उनीहरुबाट विगो अनुरुपको क्षतिपूर्ति असुल गरी ७ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ। थापा गत जेठ २१ गते पक्राउ परेका थिए। 

Shivam cement

प्रकाशित: Jun 16, 2024| 19:03 आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्