बुधबार, असार ४, २०८२

पश्चिम तराईमा अझै चार दिन तातो हावाको लहर चल्ने

 |  आइतबार, असार २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २, २०८१

vianetvianet

काठमाडौं- पश्चिम तराईमा अझै चार दिन चर्को गर्मीका साथै तातो हावा चल्ने अनुमान जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

सदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा असार ६ गतेसम्म तातो हावाको लहर चल्ने प्रक्षेपण महाशाखाको छ। आज विशेष बुलेटिन जारी गर्दै महाशाखाले असार ३ गतेदेखि ६ गतेसम्म तातो हावा तथा तातो हावाको लहर चल्ने जानकारी दिएको हो।

यसअघि तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्दै आएको महाशाखाले तातो हावाको लहरको यो पूर्वानुमान भने चार दिनसम्म गरेको छ। तातो लहर अर्थात् हिट वेभको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।
 

प्रकाशित: Jun 16, 2024| 18:47 आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्