मंगलबार, पुस ८, २०८२

सहकारी संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित

 |  आइतबार, असार २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २, २०८१

काठमाडौं- सहकारी संस्थाको बचत रकम संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ। संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको छानबिन समितिले सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको हो।

National life

विगतमा विभिन्न छानबिन समिति, जाँचबुझ आयोग लगायतले अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएकोमा अधिक संख्यामा पत्र प्राप्त भएको र बाँकी प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिइएको छ। आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापन लगायतका निकायहरुसँग समितिले छलफल गर्नेछ। सहकारी प्रकरणमा सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ गर्ने र थप अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्ने कार्यादेश समितिलाई छ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो। समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्य सम्पन्न गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

 

प्रकाशित: Jun 16, 2024| 17:42 आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्