मंगलबार, पुस ८, २०८२

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

 |  आइतबार, असार २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २, २०८१

म्याग्दी- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ।

National life

रघुग¬ङ्गा गाउँपालिका-१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले राससलाई जानकारी दिए।

तिप्ल्याङको पाँच सय मिटर बजार क्षेत्रमासडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ।  

पर्वतको मालढुङ्गाबाट मुस्ताङको कोरला नाकासम्म दुई सय दुई कलोमिटर लामो बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत विभिन्न खण्डमा स्तरोन्नति र कालोपत्र भइरहेको छ।

विसं २०७४ जेठ ५ गते सम्झौता भइ आगामी पुसको ८ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गलेश्वरबाट तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ९० प्रतिशत प्रगति भएको छ। यस खण्डको कुल लागत ६२ करोड ४४ लाख छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 16, 2024| 21:31 आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्