सोमबार, असार १०, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस-एमालेको बहिष्कारपछि काठमाडौं महानगरको नगरसभा स्थगित

himalayan bankhimalayan bank

कांग्रेस-एमालेको बहिष्कारपछि काठमाडौं महानगरको नगरसभा स्थगित

 |  आइतबार, असार २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २, २०८१

काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको छ । 

triton college

आइतबार बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो । 

कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् । 

आइतबारको बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको समय दिए लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका थिए । 

बैठक स्थगित भएपछि मेयर शाहले सामाजिक सञ्जालबाट कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी दिएका छन् ।

Metro Mart

प्रकाशित: Jun 16, 2024| 12:11 आइतबार, असार २, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्