काठमाडौं- आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन तोलाको १ लाख ४१ हजार २ सय रुपैयाँ तोकिएको थियो । जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १८०० रुपैयाँ रहेकोमा आइतबार १८२० कायम भएको छ ।