सोमबार, असार १०, २०८१

himalayan bankhimalayan bank

पसलबाट ३ किलो सुन र २५ किलो चाँदी लुटपाट

 |  आइतबार, असार २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २, २०८१

चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ ।

triton college

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ किलो सुन, ३५ किलो चाँदी र २ लाख नगद लुटपाट गरेका हुन्।

उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् ।

प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Jun 16, 2024| 09:20 आइतबार, असार २, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्