सोमबार, जेठ १८, २०८३

भेरीमा पौडी खेल्न गएका दुई जना बेपत्ता

 |  आइतबार, असार २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २, २०८१
National life
Shivam cement

भेरी नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका उनीहरु बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुने वीरेन्द्रनगर–२ का १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुवन केसी हुन्।

शनिबार दिउँसो पौने ४ बजेबाट उनीहरू बेपत्ता भएका हुन्। उनीहरूको खोजी गर्न गोताखोर परिचालन गरिएको छ।

प्रकाशित: Jun 16, 2024| 09:05 आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्