सोमबार, साउन ११, २०८३

कर्णालीमा पनि लाइसेन्स नविकरण सेवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कर्णाली प्रदेशमा पनि बिहीबारदेखि सवारी चालक अनुमतिपत्र नविकरण सेवा सुरु भएको छ। कर्णालीका नागरिकको सहजताका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतले लाइसेन्सको नविकरण सेवा सुरू भएको हो। 

हालसम्म राजस्व संकलनको मात्र काम गर्दै आएको यातायात कार्यालयले आजदेखि सवारी साधन दर्ता, चालक अनुमति पत्र वितरण, नविकरण, परीक्षा सञ्चालन समेत गर्नेछ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा डम्मर खड्काको अनुमति पत्र नविकरण गरेर सेवा औपचारिक उद्घाटन गरेका छन्। 

कार्यालयमाका अनुसार जनशक्ति पूर्ति, विद्युतीय तथा सञ्चार प्रणालीको आवश्यक व्यवस्थापनपछि कार्यालयबाट सबै सेवा प्रदान गरिने छ। कार्यालयमा २९ जना कर्मचारीको दरबन्दी भए पनि पूरा जनशक्ति नभएको उनले जानकारी दिए।

यसअघि कर्णालीका नागरिकहरुले ५ नम्बर प्रदेशको नेपालगञ्जबाट लाइसेन्स नविकरण गर्दै आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।