बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • झापामा कृषि प्रवर्द्धनका लागि प्रदेश सरकारको १० करोड ५३ लाख रूपैयाँ अनुदान

झापामा कृषि प्रवर्द्धनका लागि प्रदेश सरकारको १० करोड ५३ लाख रूपैयाँ अनुदान

 |  शनिबार, असार १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार १, २०८१

vianetvianet

बनियानी- झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख रूपैयाँ अनुदान प्रदान गरेको छ। जिल्लामा सञ्चालित कृषिका प्रवर्द्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त भएको छ।

चालु आवमा जिल्लामा कृषि प्रवर्द्धनका लागि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यहाँका १४ वटा स्थानीय तहलाई नौ करोड पाँच लाख रूपैयाँ र कृषि ज्ञान केन्द्रमार्फत एक करोड ४८ लाख रूपैयाँ उपलब्ध प्रदान गरेको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए।

कोशी प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको ससर्त अनुदानमा कृषि बजार निर्माण र सिँचाइलाई बढी प्राथमिकता दिएको छ। जिल्लाका छ पालिकाका १२ स्थानमा कृषि बजार निर्माण तथा पूर्वाधार विकासका लागि तीन करोड ४० लाख, ११ वटा पालिकामा सिँचाइ विस्तारका लागि तीन करोड रूपैयाँ ससर्त अनुदान दिएको प्रमुख विष्टले बताए।

जिल्लाका तीनवटा पालिकामा कृषि यान्त्रिकीकरणका लागि ५५ लाख रूपैयाँ, गह्रा सुधार तथा चक्लाबन्दी खेतीका लागि ४० लाख रूपैयाँ, तोरी खेती तथा मौरीपालनका प्रवर्द्धन र तोरी प्रशोधन उपकरण खरिदका लागि ६० लाख रूपैयाँ उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ।

नमुना कष्टम हाउसिङ सेन्टर स्थापनाका लागि ६० लाख, प्रांगारिक मल उत्पादन पूर्वाधार निर्माण गर्न ३० लाख र तरकारी संकलन केन्द्र निर्माण गर्न २० लाख रूपैयाँ स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराएको छ।

कोशी प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जिल्लामा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ। युवा लक्षित तरकारी, च्याउ, मह उत्पादन कार्यक्रमअन्तर्गत ३९ जना युवालाई एक/एक लाख रूपैयाँ अनुदान दिएको छ।

यसैगरी, सुपारी प्रशोधन उद्योग पूर्वाधार यन्त्र उपकरण सहयोगअन्तर्गत सातवटा उद्योगलाई ४० लाख, जैविक विषादी उत्पादनका लागि एउटा कृषि सहकारी र फार्मलाई ७५/७५ हजार, जुटखेती प्रवर्द्धनका लागि छजना किसानलाई पाँच लाख, गड्यौला मल तथा प्रांगारिक मल उत्पादनका लागि पाँच लाख, मागमा आधारित कार्यक्रमका लागि १२ लाख ५० हजार र केराखेतीका लागि ढुवानी साधनमा सहयोगका लागि १५ लाख रूपैयाँ अनुदान उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ।

कृषि प्रवर्द्धन कार्यक्रमले जिल्लामा मकै र धान उत्पादन बढेको बढेको छ। मकै उत्पादकत्व पाँच मेट्रिकटन प्रतिहेक्टरबाट वृद्धि भई सात मेट्रिकटन पुगेको तथा धानको चार दशमलव पाँचबाट वृद्धि भएर पाँच दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर पुगेको ज्ञान केन्द्रका  निमित्त प्रमुख विष्टले बताए। रासस

प्रकाशित: Jun 15, 2024| 18:01 शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा नजन्माउन नपाएको उल्लेख गरेको देखाएको छ।...