बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं महानगरले हाडीगाउँ र बसन्तपुरमा होमस्टे सञ्चालन गर्ने

काठमाडौं महानगरले हाडीगाउँ र बसन्तपुरमा होमस्टे सञ्चालन गर्ने

 |  शुक्रबार, जेठ ३२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले हाँडीगाँउ र बसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ।

National life

नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए।

हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीति समेत महानगरले लिएको छ।

त्यस्तैगरी विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ र स्वयम्भुनाथलाई महानगरकै मातहतमा सञ्चालन र व्यवस्थाका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल र परामर्श गर्ने नीति लिएको पनि उनले जानकारी गराए।    

साथै इन्द्र जात्रा, सेतो मच्छिन्दनाथ जात्रा, पचली भैरव जात्रा तथा अन्य पर्व  तथा स्थानीय परिकारलाई संरक्षण र सम्बद्र्धन गर्दै सम्भावना भएका थप कला संस्कृतिहरुलाई युनेस्कोमा सूचीकृत गर्न आवश्यक पहल गर्ने नीति लिइने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

धूमपान र मद्यपानमा बन्देज
महानगरले आगामाी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरभित्र धूमपान, मद्यपान र लागूऔषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति लिने भएको छ।

साथै खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि उनले जानकारी दिए। महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाइने उनको भनाइ थियो।

स्थानीय तहले प्रत्येक वर्ष असारभित्र १० गतेभित्र वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ। रासस

प्रकाशित: Jun 14, 2024| 20:01 शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्