सोमबार, चैत ३०, २०८२

झापामा आमासहित दुई नाबालक मृत फेला, घटनास्थलमा विषादीको गन्ध

 |  शुक्रबार, जेठ ३२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३२, २०८१

झापाको शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा आमा र उनका दुई नाबालक छोरा घरभित्रै मृत भेटिएका छन्।

National life

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आमा अञ्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष घरभित्रै मृत भेटिएका हुन्।

अनुसार आमा झुन्डिएको अवस्थामा भेटिएकी छन् भने छोराहरु ओछ्यानमा मृत अवस्थामा फेला परेका छन्। घरभित्र बान्तासमेत गरेको देखिएकाले विषादी प्रयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

घरभित्र विषादीको गन्धसमेत आइरहेकाले आमाले छोराहरूलाई विषादी खुवाएर आफू झुन्डिएको आशंका प्रहरीको छ। त्यहाँ प्रहरी निरीक्षकको नेतृत्वमा टोली पुगेर अनुसन्धान गरिरहेको छ।

अञ्जलीका पति वैदेशिक रोजगारीका लागि कतारमा रहेको खुलेको छ। अनुन्धान प्रारम्भिक चरणमा रहेको भन्दै प्रहरीले थप जानकारी दिएको छैन।

kumari

प्रकाशित: Jun 14, 2024| 13:06 शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्