मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पहिरोमा गाउँपालिका उपाध्यक्षले गुमाए बुबाआमा र जुम्ल्याहा बहिनी

पहिरोमा गाउँपालिका उपाध्यक्षले गुमाए बुबाआमा र जुम्ल्याहा बहिनी

 |  शुक्रबार, जेठ ३२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३२, २०८१

vianetvianet

ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ।

फक्तालुङ- २ खेजिनिममा बिहीबार राति खसेको पहिरोमा परेर गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको हो।

राति घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। पहिरोमा परेर बुबा ७१ वर्षीय राम बहादुर लिम्बु, आमा जसमाया लिम्बु र बहिनीहरु १२ वर्षीया गंगा लिम्बुर जमुना लिम्बुको मृत्यु भएको हो।

जसमाया गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा रहेको जनाइएको छ। उपाध्यक्ष लिम्बु भने घरबाहिर रहेकाले जोगिएका छन्। राति २ बजे पहिरो खसेपछि उनीहरु घरमै पुरिएका हुन्।

पहिरोले अन्य दुई वटा घर पूर्ण रुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको छ। बुधबार रातिमात्रै ताप्लेजुङकै सिसेवा र सिस्ने खोलामा आएको बाढीले त्यस क्षेत्रमा चारवटा अस्थायी पुल बगाउँदा यातायात अवरुद्ध भएको छ।

प्रकाशित: Jun 14, 2024| 08:14 शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्