मंगलबार, असार ३, २०८२

पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु 

 |  शुक्रबार, जेठ ३२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३२, २०८१

vianetvianet

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा बिहीबार राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाया र छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो।

यस्तै पहिरोमा पुरिएरै दुई जना घाइते भएका छन्। ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएका छन्।

बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा पुल बगाएको छ। पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको छ।

प्रकाशित: Jun 14, 2024| 07:43 शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्