सोमबार, जेठ १८, २०८३

मध्य र पश्चिम तराईमा अझै तीन दिन तातो लहर चल्ने

 |  बिहीबार, जेठ ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३१, २०८१

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका केही भू-भागमा तातो हावा र तातो लहरको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

National life

बिहीबार साँझ विशेष बुलेटिनमार्फत महाशाखाले देशको मध्य तथा पश्चिम तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ।

तातो लहरको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने लक्षण देखिन्छन्।

यसबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउनुपर्छ।

Shivam cement

महाशाखाले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर थप सल्लाह लिनसमेत आग्रह गरेको छ।

प्रकाशित: Jun 13, 2024| 20:13 बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्