मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धक पौडेललाई भ्रष्टाचार मुद्दामा सफाइ

उदयपुर सिमेन्टका पूर्वमहाप्रबन्धक पौडेललाई भ्रष्टाचार मुद्दामा सफाइ

 |  बिहीबार, जेठ ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३१, २०८१

vianetvianet

काठमाडौं- विशेष अदालतले उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनालाई सफाइ दिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवन कुमार कर्ण, प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरू ध्रुवबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई सफाइ दिएको हो। 

आवश्यक नभएको सामग्री खरिद गरेको आरोपमा अख्तियारले उनीहरूमाथि २२ लाख ७८ हजार भ्रष्टाचार गरेको अभियोगपत्र दायर गरेको थियो।

प्रकाशित: Jun 13, 2024| 20:13 बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्