सोमबार, जेठ १८, २०८३

ढल खन्दा पुरिएर दुई मजदुरको मृत्यु, एक बेपत्ता

 |  बिहीबार, जेठ ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३१, २०८१
National life
Shivam cement

पूर्वी नवलपरासीको कावासोतीस्थित फलफूल चोकदेखि पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ भने अर्को एक जना बेपत्ता छन्।

गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल डण्डा पुर्‍याइएका मजदुरहरु तानमाया गाहा मगर र सोती रानाको मृत्यु भएको हो। खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको भने खोजी कार्य भइरहेको छ।

उनीहरु तीनै जना कावासोतीका हुन्। घटना बिहीबार साँझको हो। नगरपालिकाले महेन्द्र राजमार्गदेखि उत्तरतर्फ पानीको निकासका लागि ९ फिट गहिरो खाल्डो (नाला) खन्ने ३ जना महिला मजदुर पुरिएका हुन्। राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले पर्याप्त सावधानी नअपनाएको भन्दै स्थानीयले विरोध गरेका छन्।

प्रकाशित: Jun 13, 2024| 20:04 बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्