काठमाडौं-नेकपा स्थायी समितिको बैठक बिहीबार केही घन्टा बसेर स्थगित भएको छ। बैठक शुक्रबार बिहान आठ बजे बस्ने गरी स्थगित भएको हो। बिहीबारको बैठकमा स्थायी समिति सदस्यहरू किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, मातृका यादव र विष्णु रिमालले बोलेका थिए।
बैठकमा नेता बोहराले सरकार र पार्टीको कार्यशैलीप्रति रोष प्रकट गरेका थिए। उनले दिगम्बर झा जस्ता भ्रष्ट व्यक्तिलाई दूरसञ्चार प्राधिकरणमा नियुक्त गरेर समाजवाद नआउने बताए । बोहोराले बु“दागत रुपमा सचिवालयले विभिन्न समयमा गरेका निर्णय विधानविपरीत भएको विवरण पेस गरेका थिए।
पेशल खतिवडाले सरकारको कामको समीक्षा गरेर अहिले देखिएको अलोकप्रिय शैलीलाई सच्याउन जोड दिएका थिए। उनले अहिले सरकार र जनप्रतिनिधिहरु सत्ता पक्ष र कार्यकर्ताहरु प्रतिपक्षजस्तो अवस्था भएको गुनासो गरेका थिए। उनले कार्यकर्ता तहबाट नै सरकारको प्रतिरक्षा गर्न सक्ने वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए।
बैठकमा विष्णु रिमालले भने सरकारको र पार्टी नेतृत्वको बचाउ गरेका थिए। उनले प्रतिपक्षले सबैतिरबाट आक्रमण गरेका बेला समीक्षाको आवश्यकता नभएको बताएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४