बुधबार, पुस ९, २०८२

प्रदीप र बालेनबीच के भयो कुराकानी ?

 |  बिहीबार, जेठ ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३१, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहबीच भेटवार्ता भएको छ।

National life

बिहीवार भएको भेटवार्ताका सांसद पौडेलले बुधवार प्रतिनिधि सभामा दर्ता गरेको सङ्कल्प प्रस्तावका विषयमा छलफल भएको बताइएको छ।

यसैगरी भेटमा काठमाडौं क्षेत्र नम्बर ५ को विषय, आगामी आर्थिक वर्षका लागि तय हुने महानगरको नीति, कार्यक्रम तथा बजेटबारे पनि छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ। पौडेल काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य हुन्।

साथै चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तीनै तहका सरकार गम्भीर हुनु पर्ने र आवश्यक परेमा सरकारले भए पनि यसको निर्माण समयमा नै सक्नु पर्नेजस्ता विषयमा समेत दुईबीच छलफल भएको थियो । 

पौडेलले बुधवार प्रतिनिधि सभामा लगेको सङ्कल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने सरकार स्वयंले चक्रपथको कलंकी–धोबीखोला खण्ड तत्कालै निर्माण गरिहाल्नु पर्ने प्रस्ताव गरिएको छ ।

Laxmi sunrise bank
kumari

यसैगरी भेटमा पौडेल र बालेनबीच टुकुचा, सामाखुसी खोला, धन्यन्तरी खहरेखोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

प्रकाशित: Jun 13, 2024| 19:16 बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्