बुधबार, पुस ९, २०८२

महिला प्रहरी जवान कार्यालयभित्रै मृत भेटिइन्

 |  बिहीबार, जेठ ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३१, २०८१

जिल्ला प्रहरी कार्यालय सिरहामा महिला प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी छिन्।

National life

उनी महिला तथा बालबालिका सेलभित्रको शौचालयमा बिहीबार अपरान्ह करिब ४ बजे झुण्डिएको अवस्थामा फेला परेकी सिरहा प्रहरीले जानकारी दिएको छ।

बिहान ड्युटी सकेर उनी खाना खान कार्यालय छिरेकी थिइन्। निकैबेर नआएपछि खोजतलास गर्दा शौचालयको सावरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

सुनारको परिवार नेपालगञ्जमा बस्छ। परिवारका सदस्य आएपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 13, 2024| 17:41 बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्