बुधबार, पुस ९, २०८२

सवा तीन अर्बको हस्तकलाका सामग्री विदेश निर्यात

 |  बिहीबार, जेठ ३१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३१, २०८१

काठमाडौं- नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० रूपैयाँ बराबरको हस्तकला विदेश निर्यात भएको छ। नेपाल हस्तकला महासंघले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो।

National life

विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासंघका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिए। उनका अनुसार चालु आवको जेठ १५ गतेसम्म नेपालबाट एक अर्ब २८ करोड २५ लाख १८ हजार नौ सय ४६ रूपैयाँको फेल्टबाट बनेका हस्तकलाका सामग्री विदेश निर्यात भएको छन्।

नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, पोतेका सामान, हाड सिङबाट बनेका, सेरामिक सामान, सुर्तीजन्य वस्तु, स्फटिकजन्य, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेशाजन्य, चाँदी गरगहना, हस्तकला, काष्ठकला र उलनजन्यलगायत सामान विदेशमा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए।

उनका अनुसार चालु आवमा धातुजन्य पदार्थबाट बनेका हस्तकला ९० करोड १८ लाख १९ हजार चार सय ७२, उलनबाट बनेका १९ करोड ५२ लाख ६९ हजार आठ सय ९०, नेपाली कागजजन्य १८ करोड ५२ लाख ९६ हजार आठ सय ६६, मोतीबाट बनेका १६ करोड चार लाख १६ हजार छ सय ३६ रूपैयाँबराबरका सामग्री निर्यात भएका छन्।

काठका आठ करोड ७७ लाख ५५ हजार आठ सय छ रूपैयाँ, कपासका पाँच करोड ६२ लाख ६९ हजार चार सय ७६ रूपैयाँ, सिसाजन्य हस्तकलाका सामग्री चार करोड ३४  लाख ३८ हजार दुई सय ५१ रूपैयाँ, नेपाली धूपजन्य तीन करोड ३९ लाख ३१ हजार सात सय ९७ रूपैयाँ बराबरको निर्यात भएको छ।

Laxmi sunrise bank
kumari

अल्लो, बाँसजन्य, ढाकाका कपडा, भाङबाट बनेका कपडा, छालाजन्य पदार्थ, पश्मिनाका कपडा, प्लास्टिकजन्य सामग्री, सिल्क, सिल्भर र ढुंगाबाट बनेका हस्तकलाका सामग्री ठूलो मात्रामा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए।

उनका अनुसार यहाँ उत्पादित हस्तकला छिमेकीमूलुक भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, बेलायत, अष्ट्रेलिया, सिंगापुरलगायत देशमा निर्यात हुने गरेको छ।

परस्परागत हस्तकलाभन्दा नयाँ हस्तकलाका सामान विदेशमा बढी माग हुने गरेको महासंघले जनाएको छ।

परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत छन् भने नयाँमा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका मालालगायत रहेका छन्। रासस

प्रकाशित: Jun 13, 2024| 20:01 बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्