सोमबार, मंसिर १, २०८२

ट्रम्पदेखि हिलारिसम्मले गरे ‘जिरो’ को रिभ्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – साहरुख खानको फिल्म ‘जिरो’ हेर्नका लागि दर्शक ठूलो प्रतीक्षामा छन्। फिल्म ‘जिरो’ शुक्रबार रिलिज हुने भएको छ। फिल्ममा साहरुख खान एक पुड्के केटाको भूमिकामा छन्। उनलाई अनुष्का शर्मा र कटरिना कैफले साथ दिएका छन्। 

साहरुखले फिल्म प्रचारमा कुनै कसर बाँकी राखेका छैनन्। फिल्मको प्रमोसनमा उनले विभिन्न उपाय लगाइरहेका छन्। साहरुखको पछिल्लो फिल्म ‘हैरी मेट सेजल’ फ्लप भएको थियो। त्यसैले पनि उनी ‘जिरो’ लाई हिट बनाउन चाहन्छन्। 

यति बेला फिल्म ‘जिरो’ निकै चर्चामा छ। यतिबेला फिल्मको भारतीय सञ्चारमाध्यममा रिभ्यु आउन सुरु भइसकेको छ। सञ्चारमाध्यममा आएको रिभ्युअनुसार दर्शकमा खलबलीसमेत मच्चिएको छ। समग्रमा फिल्मको कुनै रिभ्यु सकारात्मक छन् भने कुनै रिभ्यु नकारात्मक छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेताहरूले फिल्मको रिभ्यु दिएका छन्।

यति मात्र होइन, भारतीय नेता अरबिन्द केजरीवाल, कलाकारहरू मिथुन चक्रवर्ती, अक्षय कुमार र अमिर खानले पनि ‘जिरो’को रिभ्यु गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्