सोमबार, साउन ११, २०८३

पौष ७ र ८ मा जनकपुरमा मैथिली सम्मेलन हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन नामक संस्थाको आयोजना र मैथिली साहित्य उत्सव समाजको सह–आयोजनामा ७ र ८ पौषका दिन जनकपुरमा चौथौं पटक सम्मेलन हुन लागेको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा मैथिली भाषा, साहित्य र संस्कृतिबारे वृहद् रुपमा छलफल गरिने सम्मेलनबारे जानकारी दिन विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक रामभरोस कापडिले जानकारी दिए ।

कापडिले सम्मेलनमा मैथिली तथा भोजपुरी साहित्यमा योगदान दिएका व्यक्तित्वहरुलाई मिथिला रत्न, मिथिला श्री, अन्तर्राष्ट्रिय सदभावजस्ता सम्मानबाट सम्मानित गरिने बताएका छन् । उनका अनुसार मैथिली तथा नेपाली गायनमा ख्याति कमाएका रमा मण्डल, मैथिली भाषामा पहिलो पटक जनकपुरमा नाटक सुरु गरेका स्वर्गीय योगेन्द्र साह नेपाली र भारत विहार लदनीयाका डा.जयनारायण यादवलाई मिथिला रत्नले पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी भोजपुरी साहित्यमा दखल राखेका विहार पटनाका गोपाल अस्कलाई मिथिला श्री र  मुम्बईका दिपक झालाई अन्तर्राष्ट्रिय सदभाव सम्मान प्रदान गरिने कापडिले जनाए ।

सम्मेलनकै क्रममा भाषाविद् डा.रामअवतार यादवले मैथिली भाषा, देवेन्द्र मिश्रले प्रदेश २ मा मैथिली शिक्षाको अवस्था, गोपाल अस्कले भोजपुरी भाषा साहित्य, संजय साह यात्रीले बज्जिका र तारानन्द मिश्रले प्रदेश २ मा पुरातत्वको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सम्मेलनमा विराटनर, राजविराज, मलंगवासहित भारतको मुम्बई, कोलकत्ता, दिल्ली, पटना, दरभंगा, मधुबनीबाट करिब १ सय ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रदेश २ मा अनावश्यक रुपमा उठाइएको भाषासम्बन्धी विवादलाई सहजीकरण गर्न सम्मेलनले सहयोग गर्ने संयोजक कापडिले विश्वास व्यक्त गरेका छन् ।

मैथिली भाषा खास जातविशेषको रहेको भनि लागि रहेको आरोपमा कुनै सत्यता नरहेको भन्दै उनले भने,‘मैथिलीको आफ्नै लिपी र साहित्य छ । यसको इतिहास ७÷८ सय वर्ष पुरानो छ । मैथिली भाषालाई समाप्त पार्न जर्बजस्ती प्रदेश २ मा विवाद सृजना गरिएको छ ।’

केहि व्यक्तिले आफ्नो राजनीतिक उद्देश्य पुरा गर्ने धेयले प्रदेश २ मा मगहीको कुरा उठाएर द्धन्द्ध सृजना गर्न खोजेको उनको आरोप छ । भारतको पटना क्षेत्रमा बोलिने मगही यहाँको भाषा हुनै नसक्ने उनको दाबी थियो । राज्यबाट मातृभाषाले पाउनुपर्ने प्रतिष्ठा र उचित सम्मान उपलब्ध गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको कापडिले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।