शनिबार, भदौ ६, २०८३

लक्ष्मी सनराइज बैं‌कले मनायो विश्व वातावरण दिवस

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं- लक्ष्मी सन्‌राइज बैंकले प्रोजेक्ट फाइभके परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ।

सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो। जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६ हजारको संख्यामा रूख रोपेको छ।

यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो।

प्रोजेक्ट फाइभकेसँगै लक्ष्मी सन्‌राइज बैंकले सोही दिवसमा आफ्नो एभोइडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो। यस प्रतिवेदनले नवीकरणीय ऊर्जा – विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५ हजार १ सय ३४ दशमलव १८ टन कार्बन उत्सर्जन हुनबाट जोगाएको छ।

यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टको निरन्तरता हो। लक्ष्मी सन्‌राइज बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न छ।

यस्तै विभिन्न वातावरणमैत्री पहलहरु अघि बढाउँदै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो ग्रिन र रेस्पोन्सिबल मूल्य आत्मसाथ गर्दै ‘अरेन्ज लभ्स ग्रिन’ नारालाई मूर्तरूप दिएको छ। वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलमध्य एक रहेको प्रोजेक्ट फाइभकेले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्‍याउने कुरामा बैंक विश्वस्त रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: Jun 12, 2024| 18:39 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्