बुधबार, पुस ९, २०८२

कर्माचार्य ग्रुपको ‘क्रन्च’ ब्राण्डको वेफर बजारमा

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं- कर्माचार्य बेक्स एण्ड फुड्सले नयाँ उत्पादन बजारमा ल्याएको छ। बिस्कुट उत्पादनमा अग्रणी पहिचान बनाउन सफल उद्योगले ‘क्रन्च’ ब्राण्डमा वेफर बजारमा ल्याएको हो।

National life

अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधिको प्लान्ट स्थापना गरी ‘वरिजिनल क्रिप्स एण्ड क्रन्ची चकलेट वेफर’ बजारमा ल्याइएको उद्योगले जनाएको छ। उद्योगले चक्लेट, भेनिला, स्टेभरी र मिल्क क्रिमको स्वादमा वेफर उत्पादन गरेको छ।

बालबालिकादेखि सबै उमेर समूहलाई लक्षित गरी वेफर बजारमा ल्याइएको र देशभरको बजारमा उपलब्ध भइसकेको जनाइएको छ। गुणस्तरलाई प्राथमिकतामा राख्दै वेफर उत्पादन गरिएको उद्योगले जनाएको छ।

स्वाद, सन्तुष्टि र मिठासले पूर्ण हुने गरी वेफर उत्पादन गरिएको र बजारमा पुगेको छोटो समयमा नै उपभोक्ताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको उद्योगले जनाएको छ।
 

प्रकाशित: Jun 12, 2024| 18:39 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्