मंगलबार, वैशाख १, २०८३

आइएमई लाइफको बोनस सेयर पारित

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा सोमबार कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको छ।

National life

साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्ता पुँजी चार अर्बको २५ प्रतिशतले हुन आउने एक अर्ब बराबरको बोनस सेयर र कर प्रयोजनका लागिसमेत १.३१५८ प्रतिशतले हुन आउने पाँच करोड २६ लाख ३१ हजार पाँच सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ। 

साथै सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक सञ्चालकमा रविनकुमार नेपाल निर्विरोध निर्वाचित भएको पनि कम्पनीले जनाएको छ। 

बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब कायम भई हाल कायम कम्पनीको पुँजी संरचना परिवर्तन हुने भएकाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोहीबमोजिम संशोधन गर्ने प्रस्तावसमेत गरेको छ।

साधारणसभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवाप्रति निरन्तर प्रतिबद्ध रहने बताएका थिए।
 

kumari

प्रकाशित: Jun 12, 2024| 18:38 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्