बुधबार, पुस ९, २०८२

सिल्भर माउन्टेनका १४३ विद्यार्थी दीक्षित

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं- सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टको १८औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।

National life

सो समारोहमा अन्तर्राष्ट्रिय आतिथ्यता तथा पर्यटन व्यवस्थापन (ब्याचलर्स अफ आर्टस् इन इन्टरनेसनल हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट–बिएआइएचटिएम) संकायमा एक सय ४३ जना विद्यार्थी दीक्षित भएका संस्थापक प्रिन्सिपल समीर थापाले बताए ।

समारोहका प्रमुख अतिथि ब्रिटिस राजदूत रोब फोनले कलेजको सफलताको प्रशंसा गर्दै नेपालमा गुणस्तरीय शिक्षाका लागि प्रेरितसमेत गरे । त्यसैगरी, क्विन मार्गरेट कलेजका उपकुलपति एवं प्रिन्सिपल पल एडवर्ड ग्रिसले नेपालमा गुणस्तरीय शिक्षामा जोड दिन अन्तर्राष्ट्रिय शिक्षाको महŒव र क्विन मार्गरेट विश्वविद्यालय र सिल्भर माउन्टेनबीच बलियो सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी, कलेजले उत्कृष्ट प्रदर्शन र योगदानको कदर गर्दै उत्कृष्ट विद्यार्थी, कर्मचारीलगायतलाई अवार्डसमेत प्रदान गरेको छ । डिन्स अवार्ड एवं आउटस्ट्यान्डिङ स्टुडेन्ड अफ द इयरबाट फैजा बानु, एकेडेमिक एक्सिलेन्सीबाट रचिता अग्रवाल, एक्सिलेन्सी टिचिङबाट सुजन महर्जन र बेस्ट इम्प्लोईबाट सञ्जु गर्तौलालगायत सम्मानित भएको कलेजले जनाएको छ ।
 

प्रकाशित: Jun 12, 2024| 18:38 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्