मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘लोन टु भ्यालु रेसियो’ ७५ प्रतिशत पुर्‍याउन नाडाको माग

‘लोन टु भ्यालु रेसियो’ ७५ प्रतिशत पुर्‍याउन नाडाको माग

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं- नाडा अटोमोबाइलस एशोसिएशन अफ नेपालले लोन टु भ्यालु रेसियो (ऋण अनुपात) ७५ प्रतिशत पुर्याउन माग गरेको छ।

National life

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटी अटो बजार गतिशील बनाउन लोन टु भ्यालु रेसियो बढाउन आग्रह गरेको हो।

अध्यक्ष चौधरीले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने माग राखे। उनले घरजग्गामा जस्तै सवारी साधन खरिदमा ऋण भुक्तानी आम्दानी अनुपातलाई बढाएर ५० प्रतिशतबाट ७० प्रतिशत पुर्याउन आग्रह गरे।

उनले पेट्रोल र डिजेलबाट चल्ने निजी र व्यावसायिक महत्वका सवारी साधनहरूलाई छट्याउनुपर्ने भन्दै कालोसूचीमा परेका व्यक्ति वा कम्पनी माथि नियमहरूलाई थप कडा र प्रभावकारी बनाउन आग्रह समेत गरे।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका तर्फबाट आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने ६ बुंदे लिखित सुझाव समेत दिए।

kumari

उनले भारतीय मालवाहक ट्रक नेपालबाट फर्किँदा नेपालबाट सामान समेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनहरूको बिक्रीमा ठूलो असर परिरहेको जानाकारी गराए। उनले नेपालमा अटोमोबाइल कम्पोनेण्ट उद्योगहरूको प्रशस्त सम्भावना भएकोले यस्तो उद्योगहरू खोल्न सरकारले प्रोत्साहित गर्नुपर्ने धारणा राखे।

गर्भनर अधिकारीले अटोमोबाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजश्व आउने गरेको भन्दै अटोमोबाइल व्यवसायलाई दिगो बनाउन, फाइनान्सियल र इकोसिष्टम सिष्टम, डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैंक लागिरहेको बताए। उनले अटो व्यवसाय लयमा ल्याउन राष्ट्र बैंकले प्रयास गरिरहेको बताए।

यस्तै, नाडाको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग भेट गरी भन्सार मूल्याङ्कनका सम्बन्धमा व्यवसायीले भोगिरहेका समस्या बारे जानकारी गराएको छ।

अध्यक्ष चौधरीले वर्तमान बजेटमा सवारी साधनहरूमा मूल्य अभिवृद्धिकर लाग्ने भन्ने उल्लेख नभएकोे सन्दर्भमा व्यवसायीहरूले मूल्य अभिवृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताए। नाडाका महासचिव उप्रेतीले भन्सारसंग सम्बन्धित ७ बुंदे लिखित सुझावहरू दिएका थिए।

प्रकाशित: Jun 12, 2024| 18:36 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्