मंगलबार, वैशाख १, २०८३

भदौमा हुने 'नाडा अटो शो २०२४' को बुकिङ खुल्यो 

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं- वार्षिक रूपमा आयोजना हुँदै आएको 'नाडा अटो शो' को १६ औं संस्करण आगामी भदौमा आयोजना हुने भएको छ।

National life

'नाडा अटो शो २०२४' भदौ ११ गतेदेखि १६ गतेसम्म हुनेछ। नाडाले 'नाडा अटो शो २०२४' मा सहभागी हुन इच्छुक कम्पनीहरूको लागि दर्ता खुला गरेको छ। सहभागी हुन इच्छुक कम्पनी/ब्रान्डहरूले जेठ ३१ गते (बिहीबार)देखि असार ५ गतेसम्म स्टलको लागि आवेदन दिन सक्नेछन्। 

नाडाले हरेक वर्षको दशैं अघि भृकुटीमण्डपमा 'नाडा अटो शो' आयोजना गर्दै आएको छ। अटो शोमा विभिन्न चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारी साधन तथा ढुवानीका साधनहरू, स्पेयर पार्ट्स, टायरट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरू स्टल हुने गर्छन्। 

गत वर्ष नाडाले भदौ २६ गतेदेखि ३१ 'नाडा अटो शो २०२३' आयोजना गरेको थियो। ६ दिनसम्म चलेको उक्त प्रदर्शनीमा कुल ७६ हजार एक सय जना मानिसले अवलोकन गरेका थिए। 

यस वर्षको प्रक्षेपणबारे नाडाले हाल कुनै प्रतिक्रिया जनाएको छैन। तर, व्यवसायीहरू भने नाडा अटो शोको लागि उत्साहित छन्।

kumari

विशेषगरी अटो शोमा नयाँ मोडलका सवारी साधन सार्वजनिक भइरहेका हुन्छन् भने यसमा सवारी साधनको बुकिङ सं‌ख्या पनि सन्तोषजनक हुने व्यवसायीहरू बताउँछन्। 

अटो शोमा सहभागी हुन इच्छुक ब्रान्ड वा कम्पनीले आवेदन दिएपछि स्टलको लागि लट्री ड्र प्रक्रियाबाट छनौट हुने नाडाले जनाएको छ। 
 

प्रकाशित: Jun 12, 2024| 18:35 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्