बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भरतपुरमा मात्रै भित्रिन्छ वार्षिक १२ अर्ब रेमिटेन्स

भरतपुरमा मात्रै भित्रिन्छ वार्षिक १२ अर्ब रेमिटेन्स

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

नारायणगढ- चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार रूपैयाँभन्दा बढी विप्रेषण भित्रने गरेको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्यांकअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो।

National life

सामी कार्यक्रम हेल्भेटास ९नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्थाकी संयोजक उमा पौडेलका अनुसार एक व्यक्तिले औसतमा मासिक ३२ हजार छ सय ४३ दशमलव ६५ विप्रेषण पठाइरहेका छन्। आएको विप्रेषणमध्ये ७३ प्रतिशत ऋण तिर्न, घरखर्च, खाद्यान्न, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेको पाइएको उनले बताइन्।

वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाका २९ हजार एक सय ७७ परिवारले एक वर्षमा करिब १२ अर्ब विप्रेषण प्राप्त गर्ने गरेका संयोजक पौडेलले जानकारी दिइन्। उनका अनुसार १३ प्रतिशतले बचत, छ प्रतिशतले जिन्सी सम्पत्ति जोड्ने, चार प्रतिशतले जग्गा खरिद, तीन प्रतिशतले ऋण लगानी र एक प्रतिशतले मात्र व्यवसाय सञ्चालन गरेका पाइएको छ।

विदशेबाट फर्केर आएका दुई हजार दुई सय ७२ विभिन्न आयमूलक क्षेत्रमा रहेका भन्दै आठ हजार नौ सय ५९ जनाले केही नगरी बसेको पाइएको जानकारी संयोजक पौडेलले दिइन्। एक हजार ७४ जनाले स्थानीयस्तरमा आयआर्जनसम्बन्धी विभिन्न योजना बनाएका उनले बताइन्।

विदेशबाट फर्केर यहाँ आएका व्यक्तिमध्ये तीन हजार तीन सय ५८ जनाले कुनै न कुनै सीप लिएर फर्केका पौडेलले बताइन्। सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिको सङ्ख्या पनि उल्ललेख्य रहेको भन्दै उनले रोजगारमा रहेका कामदारमध्ये ३३ दशमलव ६१ प्रतिशतले मात्रै सीप सिकेर गएको उल्लेख गरिन्। उनले  ५५ प्रतिशतले आवश्यक सूचना तथा परामर्शसमेत लिएर विदेश जाने गएकोे जानकारी दिइन्।

Laxmi sunrise bank
kumari

९६ हजार पाँच सय ९१ घर रहेको भरतपुरमा ३४ हजार पाँच सय आठ घरबाट ४१ हजार सात सय ८६ जना वैदेशिक रोजगारीमा गएका सामी कार्यक्रमको तथ्यांकमा उल्लेख गरिएको छ। हाल ३० हजार पाँच सय ५५ विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका संयोजक पौडेलले जानकारी दिइन्।    -रासस

प्रकाशित: Jun 12, 2024| 19:31 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्