सोमबार, जेठ १८, २०८३

वर्षाले खाँदबारी-नुम सडकमा क्षति

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

खाँदबारी- कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-नुम खण्डको ठूलोढुंगा अरुणथान चार किलोमिटर क्षेत्रमा  वर्षाले क्षति भएको छ।

National life

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले राससलाई बताए।

कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका खण्डको ठूलो ढुंगा-पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए।

वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए।

Shivam cement

प्रकाशित: Jun 12, 2024| 18:01 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्