सोमबार, जेठ १८, २०८३

'सानु म' गीतका मोडल लामा रहेनन्

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं- सदाबहार नेपाली गीत 'सानु म' का मोडल दीपेश लामाको निधन भएको छ।

National life

काठमाडौंको बसुन्धरामा हिँड्दै गरेको अवस्थामा अचानक बेहोस भएर लडेका दीपेशको सडकमै निधन भएको परिवारका सदस्यले जनाएका छन्।

३९ वर्षीय लामाको हृदयघातका कारण निधन भएको आशंका छ। थुप्रै गीतमा मोडलिङ गरेका उनको 'तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म, सानु म' सर्वाधिक हिट मानिन्छ। आलोक नेम्वाङको निर्देशन, प्रेम लामाको स्वर रहेको यो गीतको भिडियोमा दीपेश र सुबानी मोक्तानको अभिनय छ।  

दीपेशले केही सिरियलहरूमा समेत अभिनय गरेका छन्।

Shivam cement

प्रकाशित: Jun 12, 2024| 14:44 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्