मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चिया बगान सार्ने विषयमा यस्तो छ गिरीबन्धुको सात बुँदे प्रष्टीकरण

चिया बगान सार्ने विषयमा यस्तो छ गिरीबन्धुको सात बुँदे प्रष्टीकरण

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं- झापामा रहेको गिरीबन्धु टी स्टेट प्रालिले पछिल्लो समयमा विभिन्न टिकाटिप्पणी गरी भ्रम छरिएको भन्दै आफ्नो स्पष्टीकरण पेश गरेको छ।

National life

पत्रकार सम्मेलनमार्फत प्रालिले बिर्तामोड बजारको तीव्र विकास र विस्तार चिया बगान क्षेत्रमा फोहोरमैला फाल्ने भएको, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्महत्याको प्रकरण हुने गरेको जस्ता समस्याका कारण सबै दलको सहमतिमा बगान सार्न खोजिएको जनाएको छ ।

‘उल्लेखित अवस्था र परिस्थितिको कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जनदबाब आएको र स्थानीय जनतासँगै राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू समेतको रोहबरमा छलफल हुँदा चिया बगान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुङ्गोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको ब्यवस्था गर्ने गरी, जग्गा सट्टा-पट्टाको लागी निवेदन गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ।

गिरीबन्धु टी स्टेटले विभिन्न अफवाह, भ्रम र राजनीतिक खिचातानीको विषय नबनाइदिन पनि अनुरोध गरेको छ।

यस्तो छ गिरीबन्धुको प्रष्टीकरण

kumari

प्रकाशित: Jun 12, 2024| 11:29 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्