शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अरुण तेस्रो आयोजनाका मजदुर बस्ने घर पहिरोले पुर्‍यो, एक जनाको मृत्यु

अरुण तेस्रो आयोजनाका मजदुर बस्ने घर पहिरोले पुर्‍यो, एक जनाको मृत्यु

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर ३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।

दुई जना घाइते भएका छन्। मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको छ।

पुरिएर मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते  भएका प्रहरीले जनाएको छ। उनीहरू निदाएका बेला पहिरो खसेको हो।

जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन्।
 

प्रकाशित: Jun 12, 2024| 11:25 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्