बुधबार, पुस ९, २०८२

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्रे हुँदै

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

म्याग्दी- म्याग्दी जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन्। यसैक्रममा मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो।

National life

बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मंगला गाउँपालिका–२ सिमसम्म कालोपत्र गरिएको छ। सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत–बाबियाचौर– लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्याएको छ।

पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग रु १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो।

चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो।

प्रकाशित: Jun 12, 2024| 10:31 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्