सोमबार, चैत ३०, २०८२

पूर्वबाट भित्रिएको मनसुन काठमाडौं आइपुग्न केही दिन लाग्ने

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

काठमाडौं उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने भएको छ।

National life

हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना क्षीण छ। यद्यपि आकाशमा बादल लाग्ने सम्भावना भने छ। काठमाडौंको अधिकतम तापक्रम आज ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ।

अहिले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ। कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

kumari

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।  

विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक मौसम  सफा रहने पूर्वानुमान गरेको छ। 

कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: Jun 12, 2024| 07:16 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्