सोमबार, साउन ११, २०८३

देउवा सहमतिबाट पछि हट्दा महासमिति बैठक नै अन्योलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडाैं- सभापति शेरबहादुर देउवा पूर्वसहमतिबाट पछि हटेसँगै कांग्रेसभित्र  पदाधिकारी विवाद फेरि बल्झिएको छ । 

विवाद बढेसँगै महासमिति बैठकमा विधान मस्यौदा पेश हुन सकेकाे छैन । बैठक सुरु भएको पाँच दिन बिते पनि अहिलेसम्म विधान संसोधन प्रस्ताव पेश हुन नसक्दा सदस्यहरु अन्योलमा परेका छन् । 

शीर्ष नेताहरुको विवादका कारण बैठक नै अघि बढ्ने हो वा हैन भन्ने विषयमा आफूहरु अन्योलमा परेको एक सदस्यले नेपाल समयलाई बताए । नेतृत्वको अर्कमणीयताका कारण आफूहरु अन्योलमा फसेको उनको भनाइ थियो । बिहीबारबाट पार्टी कार्यालय सानेपामा बैठक सुरु हुने भनिएको छ । तर, विधानमा सहमति नजुट्दा बैठक कतिखेर बस्ने भन्ने निक्र्योल हुन सकेको छैन् । 

शीर्ष नेताहरुले आफ्नो पद र गुट बलियो हुने गरि मात्रै सहमति गर्ने र गरेको सहमति पनि भाँडिन थालेपछि उनीहरु आक्रोशित बन्न थालेका छन् । महासमिति सदस्यहरुले विधान संसोधन प्रस्ताव पेश नगरेसम्म छलफल नै अगाडी नबढाउने अडान लिएका छन् ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापनपाक्षीय नेताहरुले उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा एक एक कोटा समावेशी छुट्याउनु पर्ने अडान राखेपछि मंगलबार राति भएको सहमति भाँडिएको थियाे । 

बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले ल्याएको प्रस्तावमा देउवा पक्षीय केन्द्रीय सदस्यहरुले समावेशी नभएको भन्दै विरोध गरेका थिए । फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, सीता गुरुङ, वीरबहादुर बलायर, किशोर सिंह राठोर, एनपी साउदले सहमति समावेशी नभएको भन्दै विरोध गरेका हुन् । 

समावेशी बनाउने प्रयास गरेकोमा सभापति देउवालाई धन्यवाद दिँदै उनीहरुले अर्को समूहलाई समोवशी विरोधीका रुपमा प्रस्तुत गरे । सभापति निकट नेताहरुले समावेशीताको मुद्दा उठाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले सभापतिबाटै धोका भएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार मात्रै कोषाध्यक्ष र पार्टी प्रवक्ता बाहेकका पदाधिकारी निर्वाचि हुने सहमति गरेको थियो भने एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्री राख्ने समझदारी भएको थियो । तर, यो समझदारी २४ घण्टा नबित्दै भाडिएपछि महासमिति बैठक नै अन्योलताको भूमरिमा फसेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।