मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बागमती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचारको दोस्रो मुद्दा दायर

बागमती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचारको दोस्रो मुद्दा दायर

 |  मंगलबार, जेठ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २९, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल सहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

National life

सार्वजनिक सम्पत्ति हिनामिना गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसूर गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

आयोगको आरोपपत्रमा नगरपालिकाका योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई पनि प्रतिवादी बनाइएको छ। यीमध्ये चौधरीलाई कैद र जरिवानाको मात्रै माग दाबी गरिएको छ भने अन्य सबै आरोपीविरुद्ध समान ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको बिगो दाबी गरेको छ।

सर्लाहीको बागमती नगरपालिकाको वडा नम्बर ४ र १२ मा बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको आरोप उनीहरूमाथि लागेको छ। 

थापाविरुद्ध यसअघि पनि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले गत चैत २८ गते पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो माग दाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो। थापा अहिले निलम्बित छन्।

kumari

प्रकाशित: Jun 11, 2024| 19:41 मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्