मंगलबार, असार ३, २०८२

दशगजा क्षेत्रमा दुई पुरुषको शव भेटियो

 |  मंगलबार, जेठ २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २९, २०८१

vianetvianet

भारतसँग सीमा जोडिएको पर्साको जगरनाथपुर गाउँपालिकाको दशगजा क्षेत्रमा गाडिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ।

जगरनाथपुर गाउँपालिका-१ बिसनपुर्वाबाट भारत बिहारको नगरदेही जाने बाटो छेउको नेपालतर्फ पर्ने ओरिया खोलास्थित दशगजा क्षेत्रमै मंगलबार बिहान पहिचान खुल्न नसकेका दुई पुरुषको शव भेटिएको हो। 

दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा रहेको ४२१-५ नम्बरको सीमा पिल्लर नजिकै बालुवामा गाडिएको अवस्थामा अन्दाजी ३५/४० वर्ष उमेरको जस्तो देखिने दुई पुरुषको शव भेटिएको पर्सा प्रहरीले जनाएको छ।
 
मंगलबार बिहान ७ बजेतिर दशगजा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त टोलीले गस्ती गर्ने क्रममा गाडिएको अवस्थामा ती दुवै शव भेटिएको हो। 

शव भेटिएको स्थल नेपालतर्फको भूभाग हो। गाडिएको शव निकालेर पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ।

प्रकाशित: Jun 11, 2024| 19:31 मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्